गए रातिदेखि सरकारले लकडाउन पूर्ण रुपमा हटाउने निर्णय गरेको छ ।
सरकारले यस्तो निर्णय गरेसँगै राजधानी लगायतका स्थानमा सवारी चाप बढेको छ । सरकारले लकडाउन हटाएसँगै यातायातमा जोर बिजोर पनि हटाएको छ ।
सरकारले पूर्ण रुपमा लकडाउन हटाएको भएपनि काठमाडौं उपत्यका प्रवेशका लागि भने पास चाहिने भएको छ । सरकारले गए रातिदेखि नै अन्तर जिल्ला सवारी साधान सञ्चालन नगरेका कारण यस्तो अवस्था आएको हो ।
अन्तर जिल्ला सवारी साधन सञ्चालन गर्न रोक लगाइएकाले पास लिनुपर्ने व्यवस्था निरन्तर रहेको गृह मन्त्रालयले जनाएको छ ।
लकडाउन अन्त्य गर्ने निर्णय भएको भएपनि अन्तरजिल्ला सवारी साधन नखुलेका कारण राजधानी भित्रनेले पास लिनुपर्ने गृहमन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले बताए ।
सरकारले भदौ १ गतेदेखि मात्रै अन्तरजिल्ला सवारी साधन सञ्चालन गर्न पाइने निर्णय गरेका कारण त्यसअघि राजधानी भित्रन चाहनेले पास लिनु पर्नेछ ।