logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बुधबार कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?


अंकुरण खबर
1.534K
Shares

पछिल्लो २४ घण्टामा थपिएका १०० जना कोरोना संक्रमितमध्ये सबैभन्दा बढी प्रदेश नं. २ को बारा जिल्लामा १८ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको दैलेख जिल्लामा १७ जना संक्रमित थपिएका छन् । त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डोटी र लमजुङका ७/७ जना थपिएका छन् ।

कालिकोट र पर्सामा ६/६ जना थपिएका छन् भने धनुषामा ५ जना तथा सुनसरीमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मोरङ, स्याङजा, बारा, ताप्लेजुङ, काठमाडौं, सर्लाही, बाँके र बाग्लुङका ३/३ जना थपिएका छन् । यस्तै, बर्दिया र सल्यानमा २/२ जना थपिँदा झापा, चितवन र बझाङमा १/१ जनामा कोरोना पुष्टि भएको छ ।