कक्षा १२ को परीक्षा असोजको पहिलो सातादेखि सञ्चालन हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले लकडाउन अन्त्य भएसँगै परीक्षा लिने तयारी थालेको हो ।
सरकारले भदौंबाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेसँगै असोज पहिलो साता परीक्षा लिने गरी योजना थालिएको परीक्षा बोर्डका अध्यक्ष प्रा।डा। चन्द्रमणि पौडेलले जानकारी दिए । अब चाँडै नै परीक्षा तालिका सार्वजनिक गर्ने उनले बताए।
हाल विश्वभर फैलिएको कोभिड–१९ महामारीका कारण बैशाखमा हुने तय भएको कक्षा १२ को परीक्षा रोकिएको थियो ।
यस्तै सरकारले यसअघि नै एसईई र ११ को परीक्षा विद्यालयको आन्तरिक मूल्यांकनबाट लिने निर्णय गरिसकेको छ ।