राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले बन्दाबन्दी सरल बनाए पनि स्वास्थ्यसम्बन्धी नियमको पालना गर्न सबैमा आग्रह गरेकी छन् ।
बुधबार ट्वीट गर्दै उनले कोभिड–१९ बाट बच्न सबैलाई स्वास्थ्यसम्बन्धी नियम पालना गर्न आग्रह गरेकी हुन् ।
जनजीवनलाई सहज पार्न सरकारले बन्दाबन्दी केही सरल गरेको छ । तथापि, कोरोना महामारीको जोखिम टरिसकेको छैन’, उनले ट्वीट सन्देशमा भनेकी छन् ।
कोभिड–१९ को सरकारले गत चैत ११ गतेदेखि जारी राखेको बन्दाबन्दी गएराति १२ बजेदेखि हटाएको छ ।
अहिलेसम्म नेपालमा कोभिड-१९ को सङ्क्रमण १८ हजार ९४ जनामा देखिएको छ । संक्रमितमध्ये हालसम्म १२ हजार ६ सय ८४ निको भएर घर फर्किएका छन् भने ४२ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ ।