नेपाली बजारमा बिहिबार सुनचाँदीको मुल्य वृद्धि भएको छ ।
आज छापावाला सुनको मुल्य तोलामा ५ सय रुपैयाँले बढेर अहिलेसम्मकै धेरै प्रतितोला ९४ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाला सुन प्रतितोला ९४ हजारमा कारोबार भएको थियो ।
आज तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार ६५ मा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मुल्यमा पनि वृद्धि भएको छ । विहिबार चाँदी प्रतितोला १० रुपैयाँले बढेर १,१४५ मा कारोबार भइरहेको छ ।