गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयले
प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा बिहीबार बिहान जारी गरेको विज्ञप्ति अनुसार नयाँ संक्रमण पुष्टि हुनेमा कास्की र पर्वतका २/२ जना तथा स्याङ्जाका एक जना छन् । त्यसैगरी स्याङ्जाको चापाकोटका एक जना पुरुषमा पनि संक्रमण देखिएको छ ।
योसँगै गण्डकी प्रदेशमा कुल संक्रमित व्यक्तिको संख्या १३५० पुगेको छ ।