वीरगन्जमा दुई चिकित्सकसहित १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
नारायणी अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. मदन उपाध्यायले दुई चिकित्सकसहित १६ जनामा बुधबार राति आएको रिपोर्टमा कोरोना संक्रमण देखिएको जानकारी दिए । उनीहरूको मंगलबार दिउँसो नमुना संकलन गरिएको थियो ।
कोरोना संक्रमण देखिनेमा सबै वीरगन्जकै छन् । उनीहरूलाई नारायणी अस्पतालअन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा आउने क्रममा रहेको उनले जानकारी दिए ।
यसअघि अस्पतालकी एक नर्समा कोरोना पुष्टि भएर उनी संक्रमणमुक्त भएर काममा फर्किसकेकी छन् ।