logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्याङ्जामा एक पुरुषले काटे आफ्नै अण्डकोष


अंकुरण खबर
1.183K
Shares

स्याङजामा १ जनाले आफ्नै अन्डकोष काटेका छन् ।

स्याङ्जा पुतली बजार नगरपालिका वडा नं २ बस्ने काभ्रेका सुक बहादुर गुरुङले आफ्नै आन्डकोष काट्ेका हुन् ।

४५ बर्षका गुरुङले बुधबार साँझ घाँस काट्ने आँसी (हँसिया)ले आफ्ना दुइवटै अण्डकोष काटी चुँडालेका थिए । जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका अनुसार गुरुङको मानसिक सन्तुलन ठिक नभएको र सोही कारण उनले अन्डकोष काटेको बुझिएको छ ।

गुरुङको अन्डकोष चुँडिएको अवस्थामा भेटिएछि जिल्ला अस्पताल स्याङ्जाको उपचारपछि थप उपचारको लागि गण्डकी हस्पिटल पोखरा रिफर गरिएको छ । उनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।