नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सातको अन्तिम दिन आज बिहिबार बढेको छ ।
केहि दिन देखि ओरोलो लागेको नेप्से आज १०.१३ अंकले बढेको हो । आज नेप्से १०.१३ अंकले बढेर १ हजार ४ सय ४२ दशमलव ६१ विन्दुमा पुगेको छ भने १ अर्ब ३२ करोड ७१ लाख ३५ हजार २१८ को शेयर कारोबार भएको छ ।
आज कारोबार भएका मध्ये डेलपमेन्ट बैंक र म्युचअल फण्ड समूह बाहेक सबै समूहमा हरियाली छाएका छन् ।
नेप्से सूचक बिहीबार १०.१३ अंकले बढ्दा १४४२.६१ विन्दुमा आइपुगेको हो । १८७ कम्पनीको १ अर्ब ३२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ३३ लाख ९२ हजार ९६९ कित्ता सेयर खरिदबिक्री भएका छन् ।
खरिदबिक्री भएका १२ उपसमूहमध्ये २ वटा बाहेक बाँकी सबै उपसमूहका सूचक माथि लागेका छन् । वाणिज्य बैंक उपसमूहको सूचक ३ अंकले बढेको छ ।
आज तारागाउँ रिजेन्सी होटेल, मिर्मिरे माइक्रोफाइनान्स, ओरियन्ट होटेल, कालिका माइक्रो क्रेडिट लगायतका कम्पनीको भाउ १०५ ले बढेर सर्किट लागेका छन् ।
मल्टिपर्पोज फाइनान्स सबैभन्दा धेरै ५.३६५ ले घटेको छ । यता, नेपाल पुनर्बिमा कम्पनीको सबैभन्दा धेरै ११ करोड ३२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो ।