logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

नेपालमा थप १४७ जनामा कोरोनाको संक्रमण पुष्टि, आजै १५६ जना डिस्चार्ज


अंकुरण खबर
1.378K
Shares

नेपालमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणका थप १४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १४७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १८ हजार २ सय ४१  पुगेको छ। संक्रमितमध्ये हालसम्म १२ हजार ८ सय ४० जना निको भएर घर फर्किएका छन्।

आज मात्रै कोरोनालाई जितेर १५६  जना घर फर्किएका छन्।