logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए ९ जना कोरोना संक्रमित


अंकुरण खबर
832
Shares

काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल र स्टार अस्पताल सानेपाको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकाका थप ९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु काठमाडौंका पाँच जना, ललितपुर र भक्तपुरका दुई–दुई जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।