कञ्चनपुरमा आज एकैदिन २६ जनामा कोरोना पुष्टि भएको छ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ५८ जनाको परीक्षण भएकोमा कञ्चनपुरका २१ पुरुष र ५ महिला गरी २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका १३, बेल्डाँडी नगरपालिकाका ८, बैलौरी नगरपालिकाका ५ जनामा कोरोना पुष्टि भएको बताए।
योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना पुष्टि भएकाको संख्या चार हजार ३४ पुगेको छ।