नेपालमा विहीबार थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४३ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार वीरगञ्जको माइस्थानका ७० वर्षीय पुरुषको मृत्यु भएको छ । उनको साउन ७ गते मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।
गत सोमबार सास फेर्न समस्या भएपछि उनलाई सुरुमा एडभान्स अस्पतालमा भर्ना गरिएको थियो । शंकास्पद लक्षण देखिएपछि उनलाई मंगलबार गण्डकस्थित कोभिड अस्पतालमा लगियो थियो । उनको सोही दिन साँझ मृत्यु भएको हो ।