logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशभर बदली : केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना


अंकुरण खबर
715
Shares

देशभर शुक्रबार बिहान सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार दिउँसो पनि देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५का केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

शुक्रबार राति पनि देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा पश्चिमी भूभागमा नेपालबाट दक्षिण सरेको छ भने पूर्वी भूभागमा नेपाल नजिक रहेको अवस्था रहेको महाशाखाले जनाएको छ ।