logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यस्तो छ, शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


अंकुरण खबर
949
Shares

नेपाल राष्ट्र बैंकले शुक्रबार (साउन ९) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ९२ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १३८ रुपैयाँ २७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी, पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ७७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ५४ पैसा रहेको छ ।

आज मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०२ पैसा र बिक्रीदर २८ रुपैयाँ १६ पैसा रहेको छ।  यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९३ पैसा रहेको छ ।

यस्तै, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६५  पैसा रहेको छ ।