गण्डकी प्रदेशमा आज थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरा र पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा चार जिल्लामा थप संक्रमित फेला परेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
नयाँ संक्रमितहरू कास्कीमा पाँच जना, लमजुङमा तीन जना, बाग्लुङ र तनहुँमा एक/एक जना रहेका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ३ सय ६० पुगेको छ ।