नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्ने क्रम जारी छ । शुक्रबार एकै दिन प्रतितोला एक हजार तीन सय रुपैयाँ बढेर सुनको मुल्यले नयाँ कीर्तिमान कायम गरेको हो ।
आज छापावाला सुन प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार पाँच रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुन पनि प्रतितोला ९५ हजार ३ सय ६५ मा कारोवार भैरहेको छ । त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
लकडाउनपछि सुनको मुल्य निरन्तर उकालो चढिरहेको छ । चैत्र १० गते ७७ हजार रुपैयाँमा कारोबार भएको सुन अहिले एक लाख रुपैया नजिक पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको र कोरोना संक्रमणका कारण सुनमा लगानी गर्नेहरु बढेपछि त्यसको असर बजारमा देखिएको हो ।