भरुवा वन्दुक सहित एक जना पक्राउ परेका छन् ।
भोजपुरको दक्षिणि आमचोक गाउपालिका १० पाचांका वलवहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
घरमा भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बालंखा, भोजपुरबाट खटिएको प्रहरी टोलीले वलवहादुर तामाङको घरबाट १ थान राजकुमार तामाङको घर बाट १ थान भरुवा वन्दुक फेला पारेको हो ।
वलवहादुर तामाङलाई पक्राउ गरे पनि राजकुमार तामाङ घरमा फेला नपरेको हुँदा खोजतलाश भइरहेको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ ।