logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नौबिसे–मुग्लिन सडकखण्डमा साना गाडी चल्न थाले, बेलुकासम्म ठूला गाडी पनि चल्न सक्ने


अंकुरण खबर
2.444K
Shares

पहिरोका कारण चार दिनदेखि बन्द रहेको पृथ्वी राजमार्ग अन्तर्गतको नौबिसे–मुग्लिन सडकखण्डमा साना गाडी चल्न थालेका छन् ।

केही समय अघिदेखि माइक्रो, मोटरसाइकल तथा एम्बुलेन्सलगायतका साना गाडी चल्न थालेको इन्जिनियर कृष्णराज अधिकारीले जानकारी दिए ।

शुक्रबार बेलुकासम्म ठूला गाडी पनि चल्न सक्ने उनको भनाइ छ । मौवाखोलामा मर्मत गरेर पुलको केही भाग बनाइएकाले साना गाडी चल्न थालेका हुन् । अहिले पनि मर्मतको काम चलिरहेको छ ।

धादिङको मौवाखोलामा रहेको पुलको केही भाग बगेपछि यो सडकखण्ड गएको ५ गतेदेखि बन्द भएको थियो भने डाइभर्सनको लागि पनि समस्या भएको थियो ।