logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओली र प्रचण्डबीच आज पनि बालुवाटारमा वार्ता


अंकुरण खबर
650
Shares

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएको छ  ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीसँगको छलफलका लागि प्रचण्ड बालुवाटार पुगेका हुन् । शुक्रबार ११ बजेतिर प्रधानमन्त्री निवास बालुवाटार पुगेका प्रचण्डले करिब दुई घन्टा ओलीसँग कुराकानी गरे ।

दुई नेताबीच स्थायी समिति बैठक, महाधिवेशन र नेतृत्व परिवर्तन लगायतका विषयमा छलफल भएको बताइएको छ । १३ गते बस्ने स्थायी समिति बैठक कसरी सञ्चालन गर्ने विषयमा दुई अध्यक्षबीच छलफल भएको स्रोतले बताएको छ ।

नेकपामा पछिल्लो समय प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीको राजीनामा माग गरिरहेका छन् । तर, ओलीले भने उनीहरुको माग नमान्ने अडान लिएका छन् ।

जसका कारण स्थायी कमिटीको बैठक पनि बारम्बार स्थगन हुँदै आएको छ ।