logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वीरगञ्जमा कोरोना संक्रमित वृद्धाको मृत्यु


अंकुरण खबर
1.69K
Shares

वीरगञ्जमा कोरोना संक्रमित एक वृद्धाको उपचारको क्रममा मृत्यु भएको छ ।

नारायणी अस्पतालको अस्थाई कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज-११ श्रीपुर रसीघाटकी ८५ वर्षीय महिलाको शुक्रबार मृत्यु भएको हो ।

गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा ८५ वर्षीया वृद्धाको शुक्रबार बिहान साढे ११ बजे मृत्यु भएको अस्पतालका कोओर्डिनेटर डा उदयनारायण सिंहले जानकारी दिए ।

निमोनिया भएपछि उनी केही दिन अघि वीरगञ्जस्थित एडभान्स अस्पताल भर्ना भएकी थिइन् । उपचारको क्रममा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई विहीबार एडभान्स अस्पतालबाट गण्डक अस्पताल ल्याइएको थियो । उनी मुटु रोगी पनि थिइन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ४४ पुगेको छ।