logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बैतडी बन्यो कोरोनामुक्त जिल्ला


अंकुरण खबर
1.248K
Shares

बैतडीमा कोरोना संक्रमण पुष्टि भएका सबै ३०० जना संक्रमणमुक्त भएर घर फर्किका छन्।

यो सँगै बैतडी जिल्ला सुदूरपश्चिम प्रदेशकै पहिलो शून्य संक्रमित हुने जिल्ला समेत बनेको छ।

स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी भुवन जोशीले २९ असारपछि जिल्लामा नयाँ संक्रमित फेला नपरेको बताए। उनका अनुसार पछिल्लो ११ दिनयता नयाँ व्यक्तिमा संक्रमण देखिएको छैन।

बैतडीमा संक्रमण पुष्टी भएका सबैजना भारतबाट आएकाहरू रहेको र उनीहरूलाई १४ देखि ३५ दिनसम्म स्थानीय तहमा निर्माण गरिएका आइसोलेसनमा राखेर घर पठाइएको सूचना अधिकारी जोशीले बताए।