logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कैलालीमा थप ८ जना कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.066K
Shares

कैलालीमा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

धनगढी प्रयोगशालामा भएको परीक्षणमा एक महिला र सात पुरूषमा कोरोना संक्रमण देखिएको हो । संक्रमितहरू जानकी गाउँपालिका र टीकापुर नगरपालिकाका हुन् ।

अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले टीकापुर नगरपालिका-४ का तीन पुरुष, वडा नम्वर ३ का दुई पुरुष र वडा नम्वर-१ का एक पुरुषमा कोरोना पुष्टि भएको बताए। त्यस्तै जानकी गाउँपालिका-३ का ३० बर्षीय महिला र १६ बर्षीय पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा प्रदेशका १४९ जनाको कोरोना परीक्षण गरिएको थियो।