logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

साम्राज्ञीविरुद्ध अभिनेता भुवनले जिल्ला अदालत काठमाडौंमा हाले बेइज्जती मुद्दा


अंकुरण खबर
832
Shares

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्‍मी शाहले आफूविरुद्ध झुटो आरोप लगाएको बताउदै अभिनेता भुवन केसीले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेका छन् ।

केसीले शुक्रवार शाहविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गराएका हुन् । मुद्दा दर्ता भइसकेको र छानबिन प्रक्रिया अघि बढाइएको जनाइएको छ ।

यसअघि अभिनेता केसीले चलचित्र कलाकार संघमा समेत सामाज्ञ्रीले आफूमाथि झुटो आरोप लगाएको भन्दै उजुरी दिएका थिए । यता, सामाग्रीकी आमा नेहा राज्यलक्ष्मी शाहले भने आफूहरुलाई मुद्दाबारे कुनै औपचारिक जानकारी नआएको बताएकी छन् ।

साम्राज्ञीले सामाजिक सञ्जाल फेसबुकमा भिडियो सार्वजनिक गर्दै केसीले आफुमाथि दुर्व्यवहार गरेको बताएकी थिइन् । सो भिडियो सार्वजनिक भएसँगै केसीले उक्त कुराको खण्डन गर्दै आएका छन् ।