काठमाडौं उपत्यकामा आज (शुक्रबार) १० जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु तथा त्रि.वि. शिषण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौँका ५–५ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या ४०७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सहित नेपालमा कोरोना पुष्टि हुनेको जम्मा संख्या १८ हजार ३७४ पुगेको छ ।