नेपालमा शुक्रबार थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४४ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पर्साकी एक महिलाको कोरोनाले मृत्यु भएको छ ।
वीरगञ्ज -११ की ८५ वर्षीय महिलाको नारायण अञ्चल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।