logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भाटभटेनी सुपर मार्केटलाई ३ लाख रुपैयाँ जरिवाना


अंकुरण खबर
637
Shares

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भाटभटेनी सुपर मार्केटलाई ३ लाख रूपैयाँ जरिवाना गरेको छ ।

सुपर मार्केटलाई म्याद सकिएको पानी बेचेको कसुरमा विभागले जरिवाना गरेको हो । शुक्रबार विभागले भाटभटेनीमा अनुगमन गर्दा म्याद गुज्रिएको पानी बेचेको पाइएको थियो ।

विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम भाटभटेनीलाई कारबाही गरेको बताएको छ ।