logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशभर मनसुनी वायुको प्रभाव कायमै, अझै केही दिन पानी पर्ने


अंकुरण खबर
884
Shares

देशभर मनसुनी वायुको प्रभाव रहेकाले अझै केही दिन मौसम बदली रही केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ । साथै नेपालको दक्षिण भागमा न्युन चापीय क्षेत्र रहेको छ ।

देशभर बदली रही केही स्थानहरुमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन-चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

त्यस्तै राती  देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।