logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा


अंकुरण खबर
806
Shares

स्थानीय प्रशासनले आज बिहानदेखि पर्साको वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको छ ।

कोरोनाभाइरस संक्रमण समुदायस्तरमा फैलिएपछि बिहान ५ बजेदेखि निशेधाज्ञा जारी गरिएको हो । दुई दिनमा वीरगञ्जमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भइसकेको छ ।

संक्रमण फैलिन नदिन महानगरका ३२ वटै वडामा अत्यावश्यक सेवाबाहेकका सबै गतिविधि गर्न रोक लगाएको छ ।