logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमणबाट विदेशमा मृत्यु हुने नेपालीको संख्या १६१ पुग्यो


अंकुरण खबर
728
Shares

कोरोना भाइरस संक्रमणबाट विदेशमा मृत्यु हुने नेपालीको संख्या १ सय ६१ पुगेको छ ।

यो साता बेलायतमा थप एक नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ ।

संघका अनुसार ३६ मुलुकमा रहेका नेपालीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये ९३ प्रतिशत भन्दा बढी नेपालीहरु कोरोना संक्रमणमुक्त भएका छन् ।

३१ हजार १ सय ५० कुल संक्रमित मध्ये २९ हजार २ सय ४३ जना संक्रमण मुक्त भएका हुन् । यो साता यूएई, कतार, कुवेत र साउदी अरबमा रहेका नेपालीमा यो साता संक्रमण बढेको छ ।