logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आरडीटी परिक्षणमा कोरोना पोजेटिभ देखिएका वीरगंजका एक व्यापारीको मृत्यु


अंकुरण खबर
663
Shares

कोरोना भाइरसको आरडिटी परिक्षणमा पोजेटिभ देखिएका वीरगञ्जका एक व्यापारीको मृत्यु भएको छ ।

आर्दशनगर घर भएका ६५ वर्षिय पुरुषमा आरडिटी परिक्षण गर्दा पोजेटिभ देखिएपछि उनलाई गण्डक अस्पतालमा शनिबार राती भर्ना गरिएको थियो ।

उनी पहिलादेखि मुटु रोग र मधुमेहका बिरामी रहेको स्वास्प्रस्वासमा समस्या देखिएपछि उनको गण्डक अस्पतालमा राति भर्ना भएकोमा राति ११ बजे ईमर्जेन्सी वार्डमै भेन्टिलेटर व्यवस्थापन गरी उपचार भइरहेको थियो।

उनको गण्डक अस्पतालमा आइतवार बिहान ६:१० मा मृत्यु भएको गण्डक अस्पतालका संयोजक डा उदयनारायण सिंहले जानकारी दिए । डा. सिंहका अनुसार पिसिआर परिक्षणका लागि शनिबार नै उनको स्वाब संकलन गरिएको र आज रिर्पोट आउने छ ।

पर्सामा समुदाय स्तरमा नै कोरोना भाइरसको संक्रमण बढन थालेपछि शनिबारदेखि वीरगञ्ज महानगरपालिका क्षेत्रमा निषेधाज्ञा लागु गरिएको छ ।

वीरगञ्जको नारायणी अस्पतालको ५० सैया क्षमता भएकोे अस्थाइ कोभिड गण्डक अस्पतालमा शनिबार रातीसम्म ५३ जनालाई भर्ना गरिएको छ ।