logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बागलुङमा पहिरोमा बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव फेला


अंकुरण खबर
1.95K
Shares

शनिबार राति बाग्लुङ नपा–१ रामरेखाको निरहेघाट नजिकैको सुख्खा पहिरोमा परी बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव फेला परेको छ ।

पहिरोमा ट्याक्टर पुरिँदा बेपत्ता भएका चालक रोशन भनिने धनबहादुर किसानको शव फेला परेको हो । बागलुङ नगरपालिका–५ मालिकाका २५ वर्षीय किसान शनिबार रातिको पहिरोमा परी बेपत्ता भएका थिए ।

उनीसँगै बेपत्ता भएका अर्का एक टिपर चालक निर्मल पुनको खोजी भइरहेको प्रहरी निरीक्षक दीपक रेग्मीले जानकारी दिए ।

सुख्खा पहिरो झरिरहेकाले उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ । पहिरोमा परी स्काभेटर, ट्याक्टर र टिपर पुरिएका थिए ।