logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रौतहटका वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.261K
Shares

काठमाडौं जानका लागि पीसीआर परीक्षण गराएका रौतहटको राजदेवी नगरपालिकाका वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको छ ।

वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि भएलगत्तै उनको सम्पर्कमा आएका एक सय बढी मानिसको पीसीआर टेस्ट गर्नुपर्ने र्भको छ । श्रीमती करेन्ट लागेपछि वडाध्यक्ष जिल्ला अस्पताल गौर पगेका थिए ।

करेन्ट लागेकी उनकी श्रीमतीको भने मृत्यु भएको थियो । उनको अन्तिम संस्कारमा एक सय भन्दा बढी मानिसहरु उपस्थित भएका थिए ।

कोरोना संक्रमित वडाअध्यक्षको सम्पर्कमा आएका मानिसको पहिचान गरी पीसीआर परीक्षण भइरहेको छ ।