logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एक जनामा कोरोना आशंका भएपछि उत्तर कोरियाले गर्‍यो लकडाउन


अंकुरण खबर
793
Shares

उत्तर कोरियाले दक्षिण कोरियासँग सीमा जोडिएको केसङ शहरमा कोरोनाको लक्षण भएका एक जना व्यक्ति फेला परेपछि लकडाउन लागु गरेको छ ।

ती व्यक्तिसँगै कोरोना भाइरस देशभित्र प्रवेश गरिसकेको हुनसक्ने आशंकामा लकडाउन लागु गरिएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

यदि ती व्यक्तिमा कोरोना भएको पुष्टि भएमा उत्तर कोरियामा कोरोना फेला परेका उनी पहिलो संक्रमित हुनेछन् ।

उत्तर कोरियाले अहिलेसम्म आफ्नो मुलुकमा कोरोना संक्रमित नरहेको दाबी गर्दै आएको छ । अहिले संक्रमित भएका आशंका गरिएका व्यक्ति पहिले भागेर दक्षिण कोरिया पुगेको र गतसाता गैरकानुनीरुपमा उत्तरतर्फै फर्केको कोरियन सेन्ट्रल न्युज एजेन्सीले जनाएको छ ।