logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आफू डिभी होल्डर, बिहे गरी अमेरिका लैजान्छु भन्दै ठगी गर्ने दुई युवती पक्राउ


अंकुरण खबर
793
Shares

आफूहरुलाई डिभी परेको र बिहे गरेर अमेरिका लैजाने आश्वासन दिई ठगी गर्ने दुई युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार महानगरीय अपराध महाशाखाको टोलीले बाग्लुङ काठे गाउँपालिका–२ घर भइ भक्तपुर बस्ने २७ वर्षीया कोपिला शर्मा र १९ वर्षीया अमिसा केसीलाई पक्राउ गरेको हो ।

उनीहरूले विभिन्न व्यक्तिहरूलाई फेसबुक, टिकटक मार्फत फलो गर्ने र बिहे गरेर अमेरिकाको क्यालिफोर्निया लैजान्छु भन्दै करिब ६ लाख ६० हजार ठगी गरेको महाशाखाले जनाएको छ ।

ठगी गरेर उनीहरू रूपन्देहीको बुटवल एरियामा लुकिछिपी बसेका थिए । थप कारबाहीको लागि महाशाखाले महानगरीय प्रहरी वृत्त, ठिमीमा पठाएको छ ।

महाशाखको प्ररम्भिक अनुसन्धान अनुसार उनीहरूले विभिन्न सञ्चार माध्ययममा युवाहरूलाई फलो गर्ने र ‘म तपाईको फ्यान हो’ भन्दै रिक्वेस्ट एसेप्ट गर्न बाध्य बनाएको खुलेको छ ।

कोपिला शर्माले आफू अमेरिकाको डिभी होल्डर भएको र अहिले लकडाउनका कारण नेपालमा डिपार्टमेन्टल स्टोर सञ्चालन गर्दै आएको पिडितलाई बताउने गरेकी थिइन्।