logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुदूरपश्चिममा थपिए १७ जना कोरोना संक्रमित


अंकुरण खबर
663
Shares

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले २४ घण्टामा ३४६ जनाको कोरोना परीक्षण गरिएकोमा १७ जनामा कोरोना पुष्टि भएको बताए ।

आज कोरोना संक्रमण पुष्टि हुनेमा अछामका १४ जना र बाजुराका तीनजना रहेका छन् । योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार ८२ पुगेको छ भने आठजनाको मृत्यु भइसकेको छ ।