ताप्लेजुङको फुङलिङ नगरपालिका-२ स्थित बहानन्दे(दोभान सडकखण्डमा करेन्ट लागेर ट्याक्सी चालकको मुत्यु भएको छ ।
पाथीभरा याङ्वरक गाउँपालिका-१ नाङ्खोल्याङका २७ वर्षीय विकास सुनुवारको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।
सडकमा रोकिराखेको ट्रकमा छुँदा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर ट्रक चालक पाँचथर हिलिहाङका ३५ वर्षीय अमृत श्रेष्ठ घाइते भएका छन् ।
दोभान बजारबाट बिर्तामोडतर्फ जाँदै गरेको ट्रकमा विद्युत्को नांगो तारले छोएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए ।
घाइते श्रेष्ठलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको छ ।