नेपालमा थप एक सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
आइतबार देशभरको २७ प्रयोगशालामा गरिएको परीक्षणमा थप एक सय ३० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
योसँगै कोरोनाबाट संक्रमित हुनेको संख्या १८ हजार ६ सय १३ पुगेको छ।