logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थप आठ जनामा कोरोना संक्रमण पुष्टि 


अंकुरण खबर
767
Shares

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुई, शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा काठमाडौंका तीन जनामा संक्रमण पुष्टि भएको हो । योसहित देशभर संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको छ ।