logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नवलपरासी पूर्वका ४१ जना कोरोना मुक्त भएर फर्किए घर


अंकुरण खबर
1.404K
Shares

पूर्वी नवलपरासीको अस्थाई कोरोना अस्पताल सामुदायिक प्राकृतिक चिकित्सालय रजहरबाट ४७ जनाले कोरोना जितेर घर फर्केका छन् ।

चिकित्सालयले आईतबार दिउसो जारी गरेको विज्ञप्ती अनुसार विभिन्न उमेर समूहका ६ महिला तथा ४१ पुरुष आईसोलेशनबाट विदा भएका हुन् ।

कोरोना जितेर घर फर्कनेहरुमा गैडाकोटका ७ जना, देवचुली नगरका ६ जना, सदरमुकाम कावासोतीका ८ जना र मध्यविन्दुका २ जना रहेकाछन् । यसरी नै पहाडी बुलिङगटार गाउपालिकाका १३ जना, बौदिकालीका ३ जना, हुप्सेकोटका २ जना र विनयी त्रिवेणीका ६ जना घर फर्किएका हुन् ।

यही साउन ९ गते न्यानो फ्यारेन्जियल नमूना संकलन गरी पोखरामा गरिएको आरटि पीसिआर परीक्षणमा घर फर्कने सवैको नतिजा नेगेटिभ आएको थियो ।

यस अघि आईसोलेशनबाट एकै पटक ६३ जनाले कोरोना जितेर घर फर्केका थिए ।

हाल आईसोलेशनमा ४१ जनाले उपचार गराईरहेको र उनीहरुको स्वास्थ्य अवस्था पनि सामान्य रहेको चिकित्सालयका ब्यवस्थापक हरि प्रसाद सापकोटाले बताए ।