logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सप्तरीमा न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.391K
Shares

सप्तरीमा एक जना न्यायाधीशलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

जिल्ला अदालत जनकपुरस्थित राजविराज इजलासका न्यायाधीशमाथि कोरोना संक्रमण पुष्टि भएको हो ।

उनलाई कोरोना संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालयले पुष्टि गरेको छ । आइतबार न्यायाधीश, एक जना प्रहरीसहित सात जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  आइतबार दिउँसोसम्म सप्तरीमा कोरोना संक्रमितको संख्या ४ सय ३४ पुगेको छ ।

समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि राजविराज नगरपालिकामा लकडाउन गरिएको छ । अहिले बजार र पसल सुनसान रहेको प्रहरीले जनाएको छ ।