logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंको महाबौद्धमा एकै परिवारका पाँच जना कोरोना संक्रमित


अंकुरण खबर
1.235K
Shares

काठमाडौंको महाबौद्ध बस्दै आएका एकै परिवारका पाँच जनामा कोरोनाभाइरस (कोभिड-१९) संक्रमण देखिएको छ ।

वीरगञ्ज घर भएका उनीहरुमध्ये छोरा र छोरीमा गत बिहीबार नै संक्रमण पुष्टि भएको थियो । परिवारका अन्य तीन सदस्यमा पनि परीक्षण गर्दा आमा, बुबा र नातिनीमा समेत कोरोना संक्रमण देखिएको हो ।

नातिनी र छोरी करिब १५ दिनअघि भारतबाट आएका थिए । बाँकी तीन जना भने कतै नगएको बताइएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले एकै परिवारका पाँच जनामा कोरोना संक्रमण भेटिएको जनाएको छ ।