प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित मध्ये १९ जना प्रदेश नं. १ प्रहरी कार्यालय, विराटनगरमा कार्यरत प्रहरी रहेका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार विराटनगरका २२ र इलामका ९ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ सय २२ पुगेको छ ।