logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डडेल्धुरामा विषालु च्याउ खाँदा एक बालकको मृत्यु, चार जना बिरामी


अंकुरण खबर
988
Shares

डडेल्धुरामा विषालु च्याउ खाँदा एक बालकको मृत्यु भएको छ । परिवारका अन्य चार जना बिरामी भएका छन् ।

विषालु च्याउको तरकारी खाँदा नवदुर्गा गाउँपालिकामा वडा नम्बर ३ का ८ वर्षीय बालक ललित धामीको मृत्यु भएको हो ।

धामीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

त्यस्तै विषालु च्याउ खाएकी बालककी आमा बिस्ना धामी र तीन दिदीबहिनी बिरामी परेका छन् । उनीहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।