logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रचण्ड-नेपाल समूहका नेताहरुबीच खुमलटारमा छलफल


अंकुरण खबर
1.599K
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपालनिकट स्थायी कमिटी सदस्यहरू खुमलटारमा भेला भएका छन् ।

स्थायी कमिटी बैठकको रणनीति तय गर्न अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीइतरका स्थायी कमिटी सदस्यहरू प्रचण्ड निवासमा भेला भएका हुन् ।

भेलामा नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल,नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालगायत सहभागी रहेको जनाइएको छ ।

पार्टीभित्र देखिएको गतिरोधको निकासका विषयमा छलफल गर्न आफूहरू भेला भएको प्रचण्डनिकट एक स्थायी कमिटी सदस्यले बताए ।

गएको १० असारबाट शुरू भएको नेकपाको स्थायी कमिटी बैठक पटक पटक अवरुद्ध हुँदै आएको छ। बैठक मंगलबार बिहान ११ बजेका लागि तय भएको छ ।