logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

थप २१ जना प्रहरीमा देखियो कोरोनाको संक्रमण, संक्रमित प्रहरीको संख्या १४० पुग्यो


अंकुरण खबर
741
Shares

देशका विभिन्न ठाउँमा गरी थप २१ जना प्रहरीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । थप २१ जनामा संक्रमण पुष्टि भएसँगै कोरोना भाइरसबाट संक्रमित हुने प्रहरीको संख्या १ सय ४० पुगेको छ ।

पछिल्लो समय प्रहरी प्रधान कार्यालयमा कार्यरत ४ जना प्रहरी कर्मचारीमा समेत संक्रमण देखिएको छ ।

संक्रमण हुने क्रम बढ्दै गएपछि देशभरकै प्रहरी कार्यालयहरुमा उच्च सतर्कता अपनाउन निर्देशन दिएको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी नीरज शाहीले जानकारी दिए ।