logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

छोराद्वारा आफ्नै ७५ वर्षीय बुबाको हत्या


अंकुरण खबर
728
Shares

जुम्ला, कनकासुन्दरी गाउँपालिका–४ का ऐनबहादुर शाहीले आफ्नै बुबा ७५ वर्षीय दानबहादुरको हत्या गरेका छन् ।

बाहिर मदिरा सेवन गरी घर आएका ऐनबहादुरले कुटपिट गरी बुबाको हत्या गरेको आरोप लगाइएको छ ।

प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार छोरा ऐनबहादुरले आफ्नै बुबाको कुटपिट गरेर शनिबार राति हत्या गरेको बताए । छोरा ऐनबहादुरले मदिरा प्रयोग गरेर घटना गरेको प्रहरीले जनाएको छ ।

घटनापछि घाइते दानबहादुरलाई उपचारका लागि सदरमुकाम लैजादै गर्दा बाटैमा मृत्यु भएको र शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लगिएको छ ।

मृतक नेपाल प्रहरीका निवृत्त सहायक निरीक्षक भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

छोरा ऐनबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।