logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्णालीमा थपिए ३१ जना कोरोना संक्रमित


अंकुरण खबर
676
Shares

कर्णाली प्रदेशमा आज ३१ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा दैलेखमा २८ जना, सुर्खेतमा एक जना र सल्यानमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

दैलेख अस्पतालमा गरिएको परीक्षणमध्ये दुल्लु नगरपालिका वडा नं ६ का ११ जना, वडा नं. १० का १३ जना र वडा नं. १२ का चार जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै सुर्खेतको प्रदेश अस्पतालरपशुरोग अन्वेषण प्रयोगशालामा गरिएका परीक्षणमध्ये सुर्खेतको चिङ्गाड गाउँपालिकाका वडा नं. २ का एक जना र रुकुमपश्चिमको चौरजहारी नगरपालिकाको प्रयोगशालामा गरिएका परीक्षणमध्ये सल्यानको कुमाख गाउँपालिका वडा नं. १ र ६ का एक–एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।

यो सँगै कर्णालीमा कुल संक्रमितको संख्या एक हजार नौं सय १० जना पुगेको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।