नेपालमा थप १३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सोमबार विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप १३९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै कोरोनाबाट संक्रमित हुनेको संख्या १८ हजार ७५२ पुगेको छ ।
त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न ठाउँबाट ६२६ जना डिस्चार्ज भएका छन्। हालसम्म निको भएर डिस्चार्ज हुनेको संख्या १३ हजार ७५४ छ ।