logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए ६ जना कोरोना संक्रमित


अंकुरण खबर
1.105K
Shares

काठमाडौं र ललितपुर जिल्लामा थप ३-३ जना गरी ६ जनामा कोरोना पुष्टि भएको छ ।

पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा ललितपुरका ३ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै स्टार अस्पताल पाटनमा गरिएको परीक्षणमा काठमाडौंका २ जनामा कोरोना पुष्टि भएको छ।

त्रिवि शिक्षण अस्पताल महाराजगंज प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसहित काठमाडौंमा कोरोनाका कुल संक्रमितको संख्या २८८ पुगेको छ । ललितपुरमा संक्रमितको संख्या ८६ पुगेको छ भने भक्तपुरमा ४९ जनामा कोरोना पुष्टि भएको छ ।

उपत्यकाका तीन जिल्लामा कोरोना पुष्टि हुनेको कुल संख्या ४२३ पुगेको छ ।